कोरोना अस्पतालमा भूटानीबाट सहयोग


१ जेष्ठ २०७८, डिकेश लामा

झापा–पूर्वी नेपालको विभिन्न शरणार्थी शिविरबाट तेस्रो मुलुक पूनर्वास भएका भूटानीहरुले कोरोना उपचारमा चाहिने सामाग्री सहयोग गरेका छन् । झापाको दमक स्थित कोभिड अस्पतालमा पीपीइ, अक्सिजन नाप्ने पल्स अक्सिमिटर, सेनिटाइजर, माक्स लगायतका सामाग्री आज हस्तान्तरण गरिएको छ ।
झापाको दमक स्थित वेलडाँगी शरणार्थी शिविरका पूर्व सचीव टिकाराम रसाइलीको अगुवाईमा आँशु पूँछौं नामक सहयोगी संस्था मार्फत एक लाख मुल्यको सामाग्री हस्तान्तरण गरिएको हो । शरणार्थी शिविरका पूर्व सचीव युवराज राईले दमक वडा नं. ३ का अध्यक्ष नविन बराल र स्वास्थ्यकर्मीलाई ती सामाग्री हस्तान्तरण गर्नु भएको छ । यस्तै संस्थाले अस्पतालमा खटिने प्रहरी, दमक वडा नं. २ र ३ का जनप्रतिनिधिलाई सेनिटाइजर उपलव्ध गराएको छ ।


सामाग्री वितरण कार्याक्रममा बोल्दै दमक वडा नं. ३ का अध्यक्ष नविन बरालले तेस्रो मुलुक पुगेका भूटानीहरुले कोरोनाको संक्रमणमा यस अघि पनि राम्रो सहयोग गरेको बताउनु भयो । उहाँले आगामी दिनमा पनि सहयोग अपेक्षा गरेको र अस्पतालबाट जो कसैको उपचारमा सक्दो प्रयास गर्ने बताउनु भयो ।


यस्तै सामाग्री हस्तान्तरण गर्दै फेन्स क्लव बीआरसीका अध्यक्ष तथा पूर्व शिविर सचीव राईले कोरोना संक्रमितको उपचारमा चाहिने भेन्टिलेटर मेशिन खरिद गरेर अस्पतालमा दिनका लागि तेस्रो मुलुकमा बसेका भूटानीलाई सहयोगका लागि आवश्यक दश लाख रकम जम्मा गरेर चाँडै मेशिन खरिद गर्न सक्ने वातावरण बनाइदिन सहयाेगी दाताहरू समक्ष अपील गर्नु भएकाे छ । झापामा दैनिक काेराेना संक्रमित भएकाले उपचारमा समस्या हुन थालेकाले तेस्राे मुलुक पुगेका नेपाली भाषी भूटानीले सहयाेग गरे वेलडाँगी १ मा गत बर्ष स्थापना गरेकाे काेभिड अस्पतालबाट उपचारमा थप सहज हुने राइले बताउनु भयाे ।


भूटानी शरणार्थीको समेत उपचार हुँदै आएको ३० वेडको दमक कोभिड अस्पताल यस अघि शरणार्थी बसोबास गरिएको खाली क्षेत्रमा गत बर्ष निर्माण गरिएको हो । अस्पतालमा भूटानी शरणार्थी सहित दुई दर्जन हाराहारीले उपचार गरिरहेको अस्पतालका दमक नगर पालिका स्वास्थ्य शाखा कोभिड व्यवस्थापनमा खटिदैं आउनु भएका बद्रि बरालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ८०४६ संक्रमित ५४५५ निकाे
Next post खुशीकाे खबर काेराेनाबाट निकाे हुने संख्या बढ्दाे, संक्रमण संख्या घट्दाे