कुहिन थाल्यो बारीमै तरकारीः बन्दले निराश बन्दै किसान(भिडियाे कथा सहित)

२ जेष्ठ २०७८/डिकेश लामा
झापाको कमलमा व्यवसायिकरुपमा खेती गर्ने किसानको तरकारी बाली खेतबारीमै कुहिन थालेको छ । कोरोना कहरका कारण बजार बन्द हुँदा ठूलो क्षेत्रको तरकारीबाली बारीमै कुहिन थालेको किसानले बताएका छन् ।
झापाको कमल गाउँपालिका वडा नं. २ सिमलडाँगीका तोरण श्रेष्ठ यसै बर्ष विदेशबाट घर फर्कनु भएको हो । लामो समय कोरोना कहरले समस्या भए पछि स्वदेशमै केही गरौं भनेर यो बर्ष थालेको खेती बजार बन्दले थप समस्या छ । समयमा विक्री गर्न नपाए पछि उहाँले लगाएको तरकारी बाली बारीमै कुहिन थालेको छ ।

गत बर्ष समेत लामो समय बजार बन्द हुँदा तरकारी बालीबाट ठूलो क्षति व्यहोर्नु परेका किसानले यो पनि पनि उस्तै समस्या झेल्नु परेको छ । साइकलमा घरघरमा लगेको भरले मात्र विक्री गर्न नसकेकाले धेरै सागसव्जी बारीमै कुहिन थालेको अर्का किसान नवराज पौडेलले बताउनु भयो ।

अगुवा काँक्रा खेती गर्नेले गत बर्ष भन्दा केही राम्रो मुल्य र बजार खुलेकै समय विक्री गर्न पाए । तर पछुवा खेती गर्ने धेरै किसानको काँक्रा बजार बन्द भए पछि बारीमै कुहिएको लामो समय देखि व्यवसायिक तरकारी खेती गर्दै आउनु भएकी अगुवा किसान सरिता पौडेलले बताउनु भयो ।

झापामा तरकारी बाली मात्र झण्डै साढे ९ हजार हेक्टरमा खेती हुँदै आएको छ । हरेक बर्ष लाखौं रुपयाँको तरकारी बाली विक्री गर्ने किसान कोरोना कहरका कारण यो बर्ष पनि गत बर्ष जस्तै मारमा परेको उनीहरुले गुनासो पोखेका छन् ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post खुशीकाे खबर काेराेनाबाट निकाे हुने संख्या बढ्दाे, संक्रमण संख्या घट्दाे
Next post नेपाल पुन संक्रमण बढ्याे, आज एकै दिन ९२४७ जना संक्रमित