बिक्री नभए पछि खोर्सानी उलेख्दै फाल्न थाले किसान (भिडियाे कथा सहित)

४ जेष्ठ २०७८,डिकेश लामा

ठूलो क्षेत्रमा व्यवसायिकरुपमा खोर्सानी खेती गर्ने किसानले फल्दै गरेका खोर्सानीको बोट नै उखेल्न थालेका छन् । बन्दका कारण खोर्सानी विक्री नभए पछि समस्यामा परेका किसानले वैकल्पिक खेतीका लागि खोर्सानीको बोट उखलेर फाल्न थालेका हुन् ।

झापाको शिवसताक्षी वडा नं. २ का किसान थिरबहादुर श्रेष्ठले व्यवसायिकरुपमा खोर्सानी खेती गर्नु भयो । तर खोर्सानी विक्री गर्ने वेला कोरोना कहरले बजार बन्द हुँदा फलेको खोर्सानी समेत त्यतिकै फाल्नु पर्ने अवस्था आएको उहाँले गुनासो पोख्नु भएको छ ।

यस्तै यता कलम गाउँपालिका वडा नं. २ की राधा कोइरालाले पनि ठूलो क्षेत्रमा व्यवसायिकरुपमा खोर्सानी लगाउनु भएको छ । तर बजारमा लाने बेला बन्द भए पछि फल्दै गरेको खोर्सानी नै उखलेर फाल्न थाल्नु भएको छ ।

विक्री नभए पछि कतिपय किसानले पाकेको खोर्सानी सुकाउन थालेका छन् । तर व्यवसासियकरुपमा ठूलो क्षेत्रमा खेती गर्ने किसानहरु भने बजार बन्दले मारमा परेको अर्का किसान डिल्लि पौडेलले बताउनु भयो ।

जिल्लामा २ सय ८० हेक्टर क्षेत्रफलमा ५ हजार मेट्रिक टन खोर्सानी उत्पादन हुने कृषि ज्ञान केन्द्र झापाको तथ्याङक छ । तर गत बर्ष देखि शुरु भएको कोरोना कहरले खोर्सनी खेती विस्तार गर्दै लगेका किसान भने समस्यामा परेको उनीहरुले गुनासो पोखेका छन् ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ८२०३ संक्रमित, ६८९१ निकाे
Next post खुशीकाे संकेतः नेपालमा आज एकै दिन झण्डै ८ हजारले जिते काेराेना