कोरोना नियन्त्रणमा काम गर्न नसक्ने हो भने प्रधानमन्त्रीले राजिनामा दिनु पर्छः सांसद लिम्बु (भिडियाे सहित)

लकडाउन हैन अस्पताल बनाउनु पर्छ


९ अशोज २०७७
दमक–प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिका निवासी झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट समानुपातिक उम्मेद्वार बन्नु भएकी नेपाली काँग्रेश पार्टीकी नेतृ महेन्द्र कुमारी लिम्बुले प्रधानमन्त्रीले नैतिकरुपमा राजिनामा दिनु पर्ने जिकिर गर्नु भएको छ । एउटै गृहनगर भएकाले व्यक्तिगतरुपमा राम्रो चिनजान र आत्मियता भए पनि लिम्बुले प्रधानमन्त्री केपी ओलीको सरकार असफल बन्दै गएको आरोप लगाउनु भएको छ ।
भारतीय रअसँगको गोप्य भेटघाट गरिएको भन्दै पछिल्लो समय आलोचना भईरहेको वेला चाडबाढको वेला लिम्बुले तत्काल नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने दाबी गर्नु भयो । संसद नियमित नगरी एकपक्षिय ढंगले सरकार चलाइएको प्रति काँग्रेशले त्यति आलोचना नगरिएको भएको पनि कोरोना नियन्त्रणमा सरकार चुकेको बताउनु भयो ।
सरकारको बाँकी दुई बर्ष कसरी कमाउने र आफन्तलाई भर्ना गर्ने भन्ने तिर सरकार लागेको र कोरोना नियन्त्रणमा सरकारले उचित पहल नगरी भत्ता र भ्रष्टचार तिर उन्मुख रहेको दमकमा पत्रकारसँगको कुराकानीमा प्रतिनिधिसभा सांसद लिम्बुले आरोप लगाउनु भयो ।
सरकारले एकजना सांसद बराबर दशैं भत्ता भनी बाँढेको ६५ हजार रुपयाँ सम्पूर्ण काँग्रेशका ६३ जना साँसदले एकमुष्ठ फिर्ता गरेको बताउनु भयो । कोरोनाले गरीब जनताको उपचारबाट हात निकाल्ने र भएको पैसा दशंै भत्ता र हुनेखानेकै लागि प्रयोग गरिएकोले भत्ता फिर्ता गरेको लिम्बुले बताउनु भयो । यो वेला लकडाउन भन्दा पनि अस्पतालको खाँचो रहेकोले त्यस तर्फ सरकारले तत्काल ध्यान दिनु पर्ने उहाँको भनाइ छ ।
सांसद लिम्बुले दशैंमा सवैले सचेत भएर भाइरस संक्रमणबाट जोगिएर दशैं मनाउन समेत आग्रह गर्नु भएको छ ।

भिडियाे हेर्न तलकाे लिङ्क थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दशैंकाे अवसरमा जोखिममा रहेका बालबालिकालाई सहयोग
Next post दुई दिन यता नेपालमा संक्रमित भन्दा निको हुने संख्या धेरै बढ्यो