दशैंकाे अवसरमा जोखिममा रहेका बालबालिकालाई सहयोग

३८ जना बालबालिकालाइ ३ लाख ८० हजार वितरण


८ कार्तिक २०७७
जोखिममा परेका बालबालिकालाई आज दमकको वेलडाँगी शरणार्थी शिविरमा दशैंको अवसर पारेर सहयोग गरिएको छ । २८ बर्ष देखि पूर्वी नेपालमा बसोबास गर्दै आएका भूटानी शरणार्थीहरु मध्ये अभिभावक नभएका र भएर पनि रेखदेख गर्न नसेका ३८ जनालाई भोजन, लत्ता कपडा र प्रति व्यक्ति १० हजार वितरण गरिएको छ ।
उच्च जोखिममा रहेका दमक नगरपालिका वडा नं. २ र ३ बाट ६, पथरी शरणार्थी शिविरबाट ११ र वेलडाँगीबाट २१ सहित स्थानीय समूदाय र शरणार्थी शिविरबाट गरी ३८ जना बालबालिकालाई सहयोग गरिएको हो । अभिभाकत्वको अभावमा चाडबाढमा मिठो मसिनो खान तथा शिक्षाबाट समेत बन्चित रहेकालाई सहयोग होस् भन्ने हेतुले अमेरिकाको नक्षेत्र फाउण्डेशन लगायत अन्य विभिन्न व्यक्ति र संस्थाले ५ लाख ३० हजार सहयोग गरेका छन् ।
सहयोगका लागि अमेरिका र अष्ट्रेलियाबाट निर्माण गरिएको आँशु पुँछौं समूहबाट पूर्व सचीव टिकाराम रसाइलीकाे नेतृत्वमा नरमाया सुब्बा राईले ५ हजार रुपयाँ, विरु तामाङ एक सय डलर, करुणा राई ५० डलर, नविना नेम्बाङ्ग ५० डलर, तारा विश्वा ६० डलर गरी २० हजार ५ सय ५० रुपयाँ सहयाेग भएकाे छ । यस्तै पेन्सेलभिनिया अमेरिकाका मोन पौडेलबाट ९० हजार रुपयाँ, मंगलसिंह तामाङ्ग मासाचुटेस् १० हजार रुपयाँ प्रदान गर्नु भएकाे छ । यसैगरी नक्षेत्र फाउडेशनकाे समन्वयमा आइभोरी हेल्थ सर्भिस, फस्र्ट इम्पेरियल इन्युरेन्स एजेन्सी, हो केयर सर्भिस लगायतबाट अर्जुन सुवेदीको नेतृत्वमा ३८ जना बालबालिकाका लागि १०र१० हजार पुग्ने गरी ३ लाख ८० हजार सहयोग गरेको कार्याक्रमका फेन्स क्लवले जानकारी दिएको छ ।

सहयोग गरेको रकम मध्ये ३ लाख ८० हजार नगद वितरण गरिएको छ भने १ लाख ५० हजारको लत्ता कपडा र सामुहिक भोजन गराएको कार्याक्रमका संयोजक फेन्स क्लब बीआरसी भूटाका अध्यक्ष युवराज साङपाङ राईले बताउनु भयो । कार्याक्रममा यस बाहेक दमक वडा नं. ३ का अध्यक्ष नविन बराल र वेलडाँगी शिविर सचीव कृष्णबहादुर लिङदेनले समेत दक्षिणा स्वरुप नगद प्रदान गरेका छन् । कार्यक्रममा दमक वडा नं. ३ का अध्यक्ष बरालले अागामी डिसेम्बरबाट शरणार्थीकाे रेखदेख गर्ने काम दमकबाट हटाइने भएकाेले सवै भूटानी शरणार्थीकाे उचित गाँस, बास र अावासकाे व्यवस्थासँगै दिर्घकालिन समाधान समेत खाेज्नु पर्ने बताउनु भयाे ।

One thought on “दशैंकाे अवसरमा जोखिममा रहेका बालबालिकालाई सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नयाँ संक्रमित भन्दा निकाे हुने धेरै
Next post कोरोना नियन्त्रणमा काम गर्न नसक्ने हो भने प्रधानमन्त्रीले राजिनामा दिनु पर्छः सांसद लिम्बु (भिडियाे सहित)