
१० जेष्ठ २०७८, काठमाडौं– नेपालमा आज ७ हजार १ सय ३५ जना संक्रमणुमक्त भएका छन् । यसैगरी गत २४ घण्टामा ७ हजार ४ सय २५ जना कोभिड १९ संक्रमित भएका छन् ।
२० हजार ४ सय ५३ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ७ हजार ४ सय २५ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै यता गत २४ घण्टामा १ सय ८५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
