आज नेपालमा ६४०४ निकाे, ८३८७ संक्रमित

१२ जेष्ठ २०७८, काठमाडौँ – पछिल्लाे २४ घण्टामा देशभर ६ हजार ४ सय ४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख ४ हजार ८८७ पुगेको छ । यसैगरी ८ हजार ३ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको छ ।

यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको छ । क्वारेन्टाइनमा ९ सय १४ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १ सय ६९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ७ सय पुगेको छ ।

आजसम्म २९ लाख ५८ हजार ६२० पीसीआर नमुनाको परीक्षण भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ७१३५ निकाे, ७४२५ संक्रमित
Next post चीनले नेपाललाई पुनः १० डाेज खाेप अनुदानमा दिने