चीनले नेपाललाई पुनः १० डाेज खाेप अनुदानमा दिने

सवै नेपालीलाई पुग्ने गरी खाेप खरिद गर्ने व्यवस्था मिलाउन राष्ट्रपति भण्डारीकाे आग्रह

१२ वैशाख २०७८, काठमाण्डाैं– चीनले नेपाललाई थप १० लाख डोज कोरोना खोप अनुदान दिने भएको छ।चिनियाँ राष्ट्रपति सी चिनजिङले आज दिउँसो यस्तो घोषणा गरेको काठमाडौंस्थित चिनियाँ राजदूतावासले जानकारी दिएकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरे लगत्तै चिनियाँ राष्ट्रपतिले यस्तो घोषणा गर्नु भएकाे हाे । चीनले यसअघि नेपाललाई ८ लाख डोज कोरोनाविरूद्धको खोप अनुदान दिएको थियो।

बुधबार दिउँसो राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँग पौने घन्टा समय टेलिफोन वार्ता भएकाे राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालले बताउनु भयाे । ढकालका अनुसार राष्ट्रपति भण्डारीले सबै नेपालीलाई पुग्ने खोप चीनबाट किन्न इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन अनुरोध गर्नु भएकाे थियाे । जवाफमा राष्ट्रपति चिनफिङले नेपालजस्तो मित्र राष्ट्रलाई सहयोग गर्न आफूले पहल गर्ने बताउनु भएकाे छ ।

भारतले यसअघि १० लाख खोप अनुदान दिएको थियो। त्यसपछि नेपालले २० लाख खोप किन्नका लागि भारतलाई रकम उपलब्ध गराएको थियो । रमक उपलव्ध गराएकाे खाेप मध्ये १० लाख खोप आएको छ भने बाँकी १० लाख आएको छैन । बाँकी खाेपकाे विषयमा भारतले हालै खाेप उपलव्ध गराउँन नसक्ने बताउँदै आएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post आज नेपालमा ६४०४ निकाे, ८३८७ संक्रमित
Next post खुशीकाे खबरः नेपालमा संक्रमितकाे संख्या भन्दा निकाे हुने बढ्दै