खुशीकाे खबर काेराेना जित्नेकाे संख्या झण्डै एकैदिन १० हजार, मृत्यु हुनेकाे संख्या पनि घट्याे

१४ जेष्ठ २०७८, काठमाडौं– नेपालमा आज एकै दिन झण्डै १० हजार जनाले काेराेना माथि विजय प्राप्त गरेका छन् । दाेस्राे भेरियन्टबाट एकै दिन ९ हजार ८ सय ४१ जनाले काेराेना जितेसँगै निकाे हुनेकाे प्रतिशत दर समेत ७८ दशमलव १ प्रतिशत पुगेकाे छ ।  यस्तै नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण दरमा केही कमी आएको छ ।

गत २४ घण्टामा २० हजार १ सय १० जनामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा ६ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ । याे संख्या गएकाे एक साता यता कम हुँदै गएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।  यसैगरी २ साता यता पहिलाे पटक मृत्यु हुनेकाे संख्या एक सय भन्दा अाेरालाे लागेकाे छ । आज ९६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नाकामा होल्डिङ्ग र आइसोलेशन नहुँदा अझै थप जोखिम बढ्दै
Next post सबै नागरिकलाई खोपको प्रबन्ध गर्छौं : प्रधानमन्त्री (सम्बाेधनकाे पूर्णपाठ सहित)