नाकामा होल्डिङ्ग र आइसोलेशन नहुँदा अझै थप जोखिम बढ्दै

एक हजार जना आँट्ने होल्डिङ्ग बनाउने भनिएको एक महिना वित्याे

१३ जेष्ठ २०७८/डिकेश लामा
दोस्रो लहरको कोरोना संक्रमण तिव्ररुपमा बढ्दै गए पनि झापाको काँकडभिट्टा नाका क्षेत्रमा अझै व्यवस्थित होल्डिङ्ग र आइसोलेशन बनेको छैन । उपयुक्त राख्ने स्थान नुहँदा पोजिटिभ देखिएकालाई सम्बन्धीत पालिकामै पठाउने गरिएको छ । पोजिटिभ देखिएकालाई सीमा क्षेत्रमा राख्ने व्यवस्था नहुँदा सम्बन्धीत पालिकामा खबर गर्ने र पठाउने गरिएको काँकडभिट्टामा स्वास्थ्य परिक्षणमा खटिँदै आउनु भएकी स्वास्थ्यकर्मी रुक्सना खातुनले बताउनु भयो । हालसम्म १ हजार २ सय हाराहारीको एन्टिजेन परिक्षण गर्दा १ सय भन्दा धेरैमा पोजिटिभ देखा भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईंले बताउनु भयो । चौंलागाईंको अनुसार चाँडै होल्डिङ्ग सेन्टर निर्माण गरिने तयारी गरिएको भए पनि हालसम्म सो व्यवस्था नुहँदा मेची अस्पताल, कलवलगुडी तालिम केन्द्र या सम्बन्धी पालिकामा पठाउनु परेको छ ।
पोजिटिभ देखा परेकाहरुलाई सिमा क्षेत्रमै आइसोलेशन गर्न पाए संक्रमण अन्यत्र फैलने जोखिम कम हुने स्थानीय बासिन्दाले बताएका छन् । स्थानीयका अनुसार सुरक्षित तरिकाको होल्डिङ्ग र आइसोलेशन नभएकाले समस्या भईरहेको छ ।

पूर्वी नेपालको काँकडभिट्टा नाका झापाको मानिस प्रवेश गर्ने विन्दु तोकिएकाले यो महामारीमा पनि अझै दैनिक ३० देखि ५० जना मानिसहरु प्रवेश गरिरहेका छन् । तर प्रवेश गरेकालाई राख्ने उचित आइसोलेशन र होल्डिङ्ग क्षेत्रको अझै व्यवस्थापन नहुँदा समस्या भएकाले बरु २ साता जति प्रवेश नै बन्द गर्नु पर्ने मेचीनगर होटल व्यवसायी संघका अध्यक्ष शुरेशकुमार श्रेष्ठले बताउनु भयो ।
भाइरस संक्रमण तिव्ररुपमा बढ्न थाले पछि ३ साता अघि प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले तत्काल सीमा क्षेत्रमै होल्डिङ्ग र आइसोलेशन बनाउने बताउनु भएको थियो । संक्रमितलाई आइशोलेशनमा नराखी बाहिर निस्कन नदिने व्यवस्था गर्ने भनेको ३ साता वितिसक्दा समेत होल्डिङ्ग र आइशोलेशन सेन्टर बन्न नसकेको संघका अध्यक्ष श्रेष्ठले बताउनु भयो । श्रेष्ठका अनुसार काँकड्भिट्टा माविकाे खेल मैदान छेउमा २ वटा सानाे टेन्ट मात्र टाँगिएकाे छ । त्यसलाइ प्रयाेगमा समेत ल्याइएकाे छैन ।
दोस्रो लहरको कोरोना भाइरस केही संक्रामक र चाँडो फैलने प्रकृति रहेको भन्दै स्वास्थ्य मन्त्रालयले सचेत गराउँदै आएको छ । तर सीमामा संक्रमण रोक्न गरिएको सावधानी नाम मात्रैको छ । एन्टिजेन परिक्षण गर्दा पोजिटिभ देखिएकालाई आइसोलेशनमा राखेर उपचार गर्दा गाउँघरसम्म संक्रमण फैलने जोखिम कम हुने भएकाले नाका क्षेत्रमै आइसोलेशन र उपचारको व्यवस्था हुनु पर्ने सामाजिक अगुवाले बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा काेभिड नियन्त्रणकाे संकेतः निकाे हुने बढे, मृत्यु संख्या पनि घट्याे
Next post खुशीकाे खबर काेराेना जित्नेकाे संख्या झण्डै एकैदिन १० हजार, मृत्यु हुनेकाे संख्या पनि घट्याे