सिकाइसँगै अर्गानिक खेतीमा जुटे पाटागाडाका महिला (भिडियाे कथा सहित)

निषेधाज्ञाकाे सही सदुपयाेगकाे नमूना कार्य

१८ जेष्ठ २०७८/डिकेश लामा

लामो समयको कोरोना कहरले धेरै क्षेत्रमा समस्या भए पनि गाम्रिण क्षेत्रका कतिपय महिलाहरुले कृषि उत्पादनलाई निरन्तरता दिएका छन् । अर्गानिक खेती र प्रविधिसम्बन्धी तालिम लिएका गौरादहका महिलाले बारीमै सिकाईसँगै व्यवसायिक समेत गर्न थालेका छन् ।

झापाको गौरादह नगरपालिका वडा नं. ४ का महिलाहरुले यतिखेर बारीमै सिक्दै खेती गर्न थालेका छन् । उनीहरुले कसरी अर्गानिक उत्पादनलाई सफल बनाउन सकिन्छ भन्ने तालीममा लिएका कुरालाई स्वास्थ्य मापदण्ड पालना गर्दै अभ्यास गर्न थालेका हुन् ।

लामो निषेधाज्ञाका कारण अन्त कतै हिड्न नपाएका गाउँका महिलाहरु स्वास्थ्य मापदण्ड अपनाएर खेतीमा जुटेका छन् । अगुवा किसानबाट सहजीकरण गर्दै आएको तालिमले आफूहरुलाई आधुनिक तरिकाले खेती गर्न सिकाएको खेतीमा सहभागी महिलाहरुले बताएका छन् ।

तालिम लिएर सिक्दै सिकाउँदै गरिएको अर्गानिक उन्मुख खेतीबाट राम्रो उत्पादन समेत हुन थालेको छ । तर लामो समयको निषेधाज्ञाले बजारीकरणमा समस्या भएको समृद्धि अर्गानिक महिला कृषि समूहकी अध्यक्ष ईन्दु सिलवाल बजगाँईले बताउनु भयो ।

लामो कोरोना कहरले धेरै मानिसलाई दिन काट्न मुश्किल भएको यो वेला ग्रामिण क्षेत्रका महिलाहरु भने सिकाईसँगै खेती गर्दै आएका छन् । भौतिक दुरी कायम राखेर कामधन्दा गर्न सक्दा संक्रमणको यो वेला स्वास्थ्य लाभसँगै कृषिजन्य बस्तुको उपार्जन समेत गर्न सकिने उनीहरुको भनाइ छ ।

भिडियाे कथा हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post चीनकाे अनुदानकाे ८ लाख भेराेसेल नेपाल आइपुग्याे  
Next post नेपालमा संक्रमित भन्दा निकाे हुने बढ्दैःआज ७२१९ निकाे, ५३१६ संक्रमित