चीनकाे अनुदानकाे ८ लाख भेराेसेल नेपाल आइपुग्याे
२१ लाखले लगाए कोरोना विरूद्धकाे खोप
१८ जेष्ठ २०७८, काठमाडौँ– चीनले अनुदानमा दिएको कोरोना विरुद्धको खोप मंगलबार नेपाल आइपुगेको छ । चीनबाट पठाइएको ८ लाख डोज भेरोसेल खोप नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं आइपुगेको हो
राष्ट्रपति विद्यादेवी भण्डारीसँग जेठ १३ गते भएको टेलिफोन संवादमा चिनियाँ राष्ट्रपति सी चिनफिङले थप खोप सहयोग गर्ने घोषणा गरेका थिए, त्यसमध्ये ८ लाख मात्रा मंगलबार नेपाल आइपुगेको हो । चिनियाँ सरकारले नेपाली दूतावासलाई हस्तान्तरण गरेको उक्त खोप दूतावासले नेपाल एयरलाइन्सको विमानमा नेपाल पठाएको हो ।
यसैगरी हालसम्म नेपालमा कोरोनाविरुद्धको खोप लगाउने संख्या २१ लाख नाघेको छ । नेपालमा अहिले भारतमा निर्माणा गरिएकाे कोभिसिल्ड र चीनमा निर्मित भेरोसेल खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार २१ लाख १३ हजार ८० जनाले पहिलो डोज र ७ लाख १४ हजार १ सय ६३ जनाले दोस्रो डोज लगाएका छन् ।
More Stories
बेलडाँगीमा आमाहरूकाे राेचक फुटवल खेलः सेक्टर सी विजयी (फाेटाे, भिडियाे सामाग्री)
५ पुस २०८१/झापा घरको काममा मात्र सिमित रहेका भूटानी महिलाहरुबीच वेलडाँगी शरणार्थी शिविरमा फुटवल प्रतियोगिता गरिएको छ । २५ देखि...
प्रथम चौमासिकमा मेची भन्सारबाट झण्डै दोब्बर मुल्यको चिया निर्यात
४ पुस २०८१/झापा पूर्वी नेपालकाे दाेस्राे ठूलाे मेची भन्सार नाका हुँदै प्रथम चौमासिकमा २ अर्व २० करोड १५ लाख मुल्यकाे ...
लडेकाे धान काट्ने चेन मेशिनले किसानलाई सहज
३ पुस २०८१/डिकेश लामा प्राकृतिक विपत्तीका कारण धान पाक्ने वेलामा धेरै लड्ने समस्या आउने गरेको छ । तर लडेको धान...
लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
२ पुस २०८१, काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न...
मुल्य बढे पनि अलैंचीको निर्यात घट्योः प्रतिमन १ लाख १० हजारसम्म काराेवार हुँदै
२ पुस २०८१/झापा पूर्वी नाकामा रहेको मेची भन्सारबाट पहिलो चौमासिकमा अलैंची निर्यात घटेको छ । अघिल्लो बर्षको ४ महिनाको विवरणको...
झापामा एकै दिन दुर्घटनामा तीन जनाको मृत्यु
१ पुस २०८१ /झापा झापाको दमकमा गए राती मोटर साईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दमक वडा...