राहतको सट्टा अनुदानः कृषिमा रमाउँदै किसान (भिडियाे कथा सहित)

दमक नगरमा नमूना कार्य

२० जेष्ठ २०७८/डिकेश लामा

लामो कोरोना कहरले समस्यामा पर्न सक्ने विपन्न परिवारलाई लक्षित गरी स्थानीय सरकारले खेतीमा लाग्न प्रोत्साहन अनुदान दिन थालेका छन् । राहतको सट्टा रोजगारी दिँदा विपन्न परिवारलाई सहयोगसँगै आर्थिक अवस्थाको समेत सुधार हुने भएकाले सामुहिक खेतीमा लाग्न प्रोत्साहन अनुदान दिन थालिएको हो ।


अघिल्लो बर्ष कोरोना कहरले समस्या परेका परिवारलाई धेरै राहत वितरण गरियो । तर यो बर्ष निषेधाज्ञा लगाएको एक महिना नाघीसक्दा समेत राहत बाँढिएको छैन । राहतको स्थानमा केही स्थानीय तहले विपन्न परिवारलाई कृषि कर्म गर्न अनुदान दिन थालेका छन् । कोरोना कहरले रोजगारी गर्नबाट बन्चित परिवारलाई लक्षित गरी सामुहिक खेतीका लागि भाडामा जग्गा उपलव्ध गराएको दमक वडा नं. ३ का सदस्य शुकदेव लुईंटेलले बताउनु भयो ।

सहयोगी संस्थाको सहयोगमा दमक नगरपालिकाले जग्गा उपलव्ध गराए पछि अहिले १२ घर परिवार खेतीमा लागेका छन् । जग्गा, मल, विऊ, विजन सहयोग गरे पछि आफूहरु धमाधम अर्गानिक उन्मुख खेतीमा जुटेको उनीहरुले बताएका छन् ।
यस्तै यता झापाको कमल गाउँपालिकामा पनि गाऊँ गाऊँमा अर्गानिक उन्मुख खेती थालिएको छ । अध्यक्ष पकेट कार्याक्रम विपन्न परिवारलाई लक्षित गरी गत बर्ष देखि नै शुरु गरिएको छ । खेती गर्न प्राङगरिक मल तथा विऊ विजन उपलव्ध गराए पछि अर्गानिकउन्मुख व्यवसायिक खेती गर्न थालिएको किसानले बताएका छन् ।
कोरोना कहरले पछिल्लो समय विपन्न र दैनिक रोजगारी गरेर पेट पाल्ने परिवारलाई समस्या पर्न थालेको छ । यस्ता परिवारलाई राहतको सट्टा स्वास्थ्य मापदण्ड पुरा गरेर रोजगारीको अवसर दिन सके समस्याको निकाससँगै विकास हुने स्थानीय अगुवाहरुको भनाइ छ ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ५९०४ निकाे, ६८२५ संक्रमित, मृत्यु संख्या घट्याे
Next post खुशीकाे खबर नेपालमा निकाे हुने संख्या बढ्दै