२३ जेष्ठ २०७८,काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितभन्दा निको हुने संख्या झण्डै दोब्बर पुगेको छ । आज ६ हजार ६ सय ३६ जनाले काेराेनालाइ जितेका छन् । यस्तै पछिल्लाे २४ घण्टामा ३ हजार ४ सय ७९ जनामा काेराेना पुष्टी भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएअनुसार गत २४ घण्टामा १० हजार ४ सय ७१ जनाको पीसीआर परीक्षणबाट ३ हजार २४ र ३ हजार २ सय ६२ जनाको एन्टिजेन परीक्षणमा ४ सय ५५ जना गरी ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको हाे । कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ । पछिल्लाे समयमा मृत्यु हुनेकाे संख्या समेत घटेकाे हाे ।