खुशीकाे खबर नेपालमा संक्रमित भन्दा निकाे हुने झण्डै दाेब्बरले बढ्याे

८२४३ निकाे भए एकै दिन

२२ जेष्ठ २०७८, काठमाडौँ – नेपालमा पछिल्लाे समय संक्रमित हुनेकाे संख्या भन्दा निकाे हुने संख्या झण्डै दाेब्बरले बढेकाे छ । २४ घण्टामा ८ हजार २ सय ४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ८४ हजार ३ सय ७३ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ९२ हजार ९२८ पुगेको छ । क्वारेन्टाइनमा ७ सय ३० जना छन् । यस्तै२४ घण्टामा देशभर ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको ११ हजार ४७१ पीसीआर परीक्षणमा ३ हजार ५४० जनामा कोरोना पुष्टि भएको हो । यसैगरी, ५ हजार ३४३ एन्टिजेन परीक्षणमा १ हजार ५०२ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना देखिनेको संख्या ५ लाख ८५ हजार १०० पुगेको छ ।

यस्तै,  मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ६८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७९९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेक व्लाष्टले चैते धान सखापः समयमा औषधी उपचार गर्न नपाउँदा धेरै किसान मारमा (भिडियाे कथा सहित)
Next post नेपालमा निकाे हुनेकाे संख्या संक्रमित हुने भन्दा दाेब्बर हुँदै