निःशुल्क खाना अभियानले काेराेना संक्रमितलाई सहजः यूवाले गरे नमूना कार्य

जाेखिमकाे याे वेला निशुल्क खाना पाउनेहरूले दिए धन्यवाद


२६ जेष्ठ २०७८/डिकेश लामा

अस्पताल भर्ना भएका विरामीलाई खाना खुवाउन नपाए पछि झापाको दमक स्थित आम्दा अस्पतालमा १५ जना यूवा मिलेर निशुल्क खान खुवाउने कार्य थालेका छन् । कोभिडको त्रासले वरिपरिका होटल बन्द भए पछि समस्यामा परेका विरामीलाई अस्पतालको छिमेकी युवाले २ साता देखि दैनिक १ सय भन्दा धेरैलाई खाना खुवाउँदै आएका छन् ।

कोरोना संक्रमित र उनीहरुको रेखदेखमा खटिएका आफन्त भोकभोकै हुन थाले पछि दमकका केही यूवा मिलेर खाना खुवाउने कार्य थालेका छन् । दमकको आम्दा अस्पतालमा पनि कोरोना संक्रमितको उपचार हुन थाले पछि वरीपरि होटल बन्द हुँदा विरामी र विरामीको रेखदेखमा खानाको समस्या भए पछि स्थानीय यूवाले आफैले पैसा संकलन गरेर खाना खुवाउन थालेको खाना खुवाउँदै आएका युवा समूहका संयोजक गोपाल थापाले बताउनु भयो ।

दमकमा पछिल्लो समय कोरोना संक्रमण अधिक बढ्न थाले पछि सामुदायिक तथा निजी गरी ४ वटा अस्पतालले कोरोनाको उपचार थालेका छन् । उपचार थालेसँगै अन्य क्षेत्रबाट समेत विरामी आउन थालेका छन् । खाना खान नपाएको अवस्थामा यूवाहरुले निशुल्क खाना खुवाउने कार्यले विरामी र विरामीको रेखदेखमा खटिएकालाई ठूलो राहत पुगेको भन्दै उनीहरुले यूवाले गरेको कामको प्रशंसा गरेका छन् ।

झण्डै २ साता देखि खाना खुवाउँदै आएको आम्दा छिमेकी युवा परिवारलाई पछिल्लो समय राम्रो काम गरेको भन्दै दाताले खाना खुवाउन आर्थिक सहयोग समेत गर्न थालेका छन् । कोरोना महामारीमा समस्या परेकालाई दिन रात नभनी खाना खुवाउन पाउँदा आफूहरुलाई सन्तुष्टी मिलेको समूहका सचीव शम्भु भण्डारीले बताउनु भयो ।

झापाको दमकका अस्पतालहरुमा पछिल्लो समय १ सय १५ जना कोभिडका विरामीले उपचार गराइरहेका छन् । यो संकटको वेला विरामी बचाउन यूवाले गरेको जस्तै सहयोग सवैतिर गर्न सके संक्रमणलाई जित्न सहयोग पुग्ने उनीहरुले बताएका छन् ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ५७६८ निकाे, ३४४९ संक्रमित
Next post नेपालमा आज ५२९३ निकाे, ३७४९ संक्रमित