नेपालमा आज ५२९३ निकाे, ३७४९ संक्रमित

२७ जेष्ठ २०७८, काठमाडौँ – नेपालमा पछिल्लाे २४ घण्टामा देशभर २४ घण्टामा ५ हजार २ सय ९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ । यसैगरी २ हजार ८ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा बिहीबार गरिएको ९ हजार ९ सय १ पीसीआर परीक्षणमा २ हजार ८७४ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी, ५ हजार ३३७ एन्टिजेन परीक्षणमा ८ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना देखिनेको संख्या ६ लाख १ हजार ६८७ पुगेको छ ।

यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ५९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post निःशुल्क खाना अभियानले काेराेना संक्रमितलाई सहजः यूवाले गरे नमूना कार्य
Next post स्वास्थ्यमा जाेड दिँदै प्रदेश एक सरकारले ल्यायाे नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)