करोडौं रुपयाँ घाटामा जाँदा उद्योग नै बन्द हुने अवस्थामा

२९ जेष्ठ २०७८/डिकेश लामा
लामो समय निषेधाज्ञाका कारण झापा जिल्लामा चल्ला उत्पादन गर्ने किसानले जिउँदो चल्ला खाल्डो भित्र पुर्न बाध्य भएका छन् । बजारमा चल्ला विक्री नभए पछि करोडौं मुल्यका चल्ला खाल्डोमा पुर्नु पर्ने अवस्था आएको चल्ला उत्पादन गर्दै आएका व्यवसायीले गुनासो पोखेका छन् ।
एउटा चल्ला उत्पादन गर्दा ५५ रुपयाँ भन्दा धेरै लगानी पुग्छ । बजारमा १ सय रुपयाँसम्म विक्री हुने बोइलर कुखुराको चल्ला लामो बन्दले विक्री नभए पछि हजारौंको संख्यामा खाल्डोमा हालेर पुर्नु पर्दा किसानहरु ठूलो घाटामा परेको झापाको गौरादहमा संचालित कन्काई ह्याचरी प्रा.लि.का संचालक कमल शिवाकाटीले बताउनु भयो ।
बजार बन्दले गर्दा उत्पादन भएका चल्लाहरु त्यतिकै फाल्नु परेको छ । निषेधाज्ञामा मासु पसलहरु बन्द हुँदा चल्लाको खपत हुन छाडे पछि लाखौं मुल्यका जिउँदो चल्ला पुर्न पर्ने अवस्था आएको अर्का व्यवसायी विनोद सापकोटाले बताउनु भयो ।
कोरोना संक्रमणको वेला प्रसस्त तागतिलो खानेकुराहरु आवश्यक हुने वेला फलफुल तथा मासु पसलहरु बन्द हुँदा विरामीले समेत उपभोग गर्न पाएका छैनन् । अन्य देशमा बाहिरबाट आयात गरेर समेत पोट्रिन युक्त खानेकुरा विरामीलाई खुवाउने काम भएका छन् । तर नेपालमा यस्ता मासु तथा पौष्टिक उत्पादनका कार्यहरु बन्द हुँदा विरामी तथा व्यवसायी दुवै मारमा परेको मेची पोल्ट्री ह्याचरी उद्योग संचालन गर्दै आउनु भएका विवेक निरौलाले बताउनु भयो ।
झापा जिल्लामा व्रोइलर कुखुराको ३ वटा ह्याचरी उद्योगहरु संचालनमा रहेका छन् । मासिक १० लाख हाराहारी चल्ला उत्पादन गर्दै आएका व्यवसायीहरु कोरोना कहरका कारण उद्योग बन्द गर्नु पर्ने अवस्था पुगेको उनीहरुले गुनासो पोखेका छन् ।

भिडियाे कथा हेर्नका लागि तलकाे लिंकमा थिच्नुहाेस् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *