खुशीकाे खबर नेपालमा आज २ गुणा धेरैले जिते काेराेना

२९ जेष्ठ २०७८,  काठमाडौँ – नेपालमा आज संक्रमित भन्दा झण्डै २ गुणा धेरैले काेराेना माथि विजय प्राप्त गरेका छन् । गएकाे२४ घण्टामा शनिबार ६ हजार २ सय ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख २७ हजार १ सय ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ८ हजार ५ सय ६ पीसीआर परीक्षणमा २ हजार ३ सय ८२ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी, ५ हजार ९८८ एन्टिजेन परीक्षणमा १ हजार २ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ३ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना देखिनेको संख्या ६ लाख ६ हजार ७ सय ७८ पुगेको छ । हालसम्म ३२ लाख ७ हजार २०८ पीसीआर परीक्षण गरिएको छ । सक्रिय संक्रमितको संख्या ७१ हजार ३ सय १ र क्वारेन्टाइनमा ५ सय ५२ रहेको मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर थप ६१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ६६ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ५२२५ निकाे, ३७५० संक्रमित
Next post जिउँदै चल्ला खाल्डोमाः करोडौं रुपयाँ घाटामा जाँदा उद्योग नै बन्द हुने अवस्थामा (भिडियो कथा सहित)