प्रदेश एक सरकारले ल्यायाे ३२ अर्व ६४ कराेडकाे बजेटः स्वास्थ्य क्षेत्रमा मात्र ३ अर्व २५ कराेड (बजेटकाे पूर्णपाठ सहित)

१ असार २०७८,मोरङ–  प्रदेश नम्बर एक सरकारले स्वास्थ्य क्षेत्रमा ३ अर्व २५ कराेड बजेट विनियाेजन गरिएकाे छ । खाेप खरिद र काेराेना राेकथामका लागि मात्र ४४ कराेड बजेट विनियाेजन गरेकाे आर्थिक मामिला तथा योजनना मन्त्री टंक आङ्बुहाङले बताउनु भयाे ।  प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/०७९ को लागि जम्मा ३२ अर्ब ४६ करोड ९२ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ । मन्त्री आङ्बुहाङले प्रस्तुत गरेको बजेटमा चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख अर्थात् ४३ दशमलव ६ प्रतिशत र पुँजीगततर्फ १५ अर्ब ५ करोड ३५ लाख अर्थात् ४६ दशमलव ३ प्रतिशत विनियोजन गरेकाे बताउनु भयाे । स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब २२ करोड ४२ लाख अर्थात १० प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ ३ अर्ब रहेको उनले बताउनु भयाे । बजेटको स्रोततर्फ आन्तरिक स्रोतबाट ४ अर्ब ९ करोड ७७ लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ८१ करोड ६६ लाख अनुमान गरिएको आङ्बुहाङले बताउनु भयाे ।

यस्तै, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८ अर्ब ५६ करोड ७८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ९६ करोड ७७ लाख, समपुरक अनुदानबाट १ अर्ब १६ करोड ४८ लाख र विशेष अनुदानबाट ५९ करोड ३३ लाख गरी राजश्व तथा वित्तीय हस्तान्तरणबाट कूल ३० अर्ब २० करोड ७९ लाख खर्च व्यहोरिनेछ । बाँकी अपुग रकम चालू आर्थिक वर्षको रहन गएको नगद मौज्दातबाट २ अर्ब र वैदेशिक अनुदानबाट २६ करोड १३ लाख व्यहोरिने मन्त्री आङ्बुहाङले बताउनु भयाे ।

बजेटकाे पूर्ण पाठ हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

https://drive.google.com/file/d/19lbnxigSsCaLsc4nqVNWwBC2jeyx0EMV/view

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ५१४७ निकाे, २९१८ संक्रमित
Next post नेपालमा आज ४१८७ डिस्चार्ज, २७४५ संक्रमित