

१ असार २०७८, काठमाडौं– नेपालमा २४ घण्टामा ४ हजार १ सय ८७ डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या ५ लाख ४० हजार ४ सय ३९ जना रहेको छ । नेपालमा निको हुने दर ८८ दशमलव ३ प्रतिशत पुगेकाे छ ।

यसैगरी गत २४ घण्टामा २ हजार ७ सय ४५ जना कोभिड १९ संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३२९० जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २ हजार ७ सय ४५ जना संक्रमित भएका हुन् । यस्तै गएको २४ घण्टामा थप ४१ जनाको मृत्यु भएको छ । कोभिड १९ बाट नेपालमा ८ हजार ५ सय ६ जनाको मृत्यु भइसकेकाे छ ।
