नेपालमा १२ जिल्लामा बाढी र पहिराेकाे वितण्डा ३ दर्जन भन्दा धेरै वेपत्ता र मृत्यु

एक सय भन्दा धेरै घर बगायाे

२ असार २०७८, सारासन्देश डेक्स–बाढीपहिरोमा परी तीन दिनमा ६ जनाको ज्यान गएको छ । २७ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन् । बाढीपहिरोले १ सय घर बगाएको छ भने ६५ घरमा क्षति पुगेको छ ।

गृह मन्त्रालय, राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार सिन्धुपाल्चोक, गोरखा, मनाङ, प्युठान, पाल्पा, स्याङ्जा, लमजुङ, अर्घाखाँची, कास्की, जुम्ला, जाजरकोट, डोटी र बाजुरामा बाढी–पहिरोका घटना भएका हुन् ।

मंगलबार मेलम्ची खोलामा आएको बाढीबाट बेपत्ता भएकामध्ये दुईजनाको शव फेला परेको र १६ जना अझै बेपत्ता रहेको केन्द्रको तथ्यांक छ । उक्त बाढीमा सातजनाको शव फेला परेको खबर सञ्चारमाध्यममा आए पनि पुष्टि भइनसकेको गृहले उल्लेख गरेको छ । मेलम्चीको बाढीमा हालसम्म १६ घर, दुईवटा मोटरपुल र ६ वटा झोलुंगे पुल पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । बाँकी विवरण आइनसकेको जानकारी दिइएको छ ।

बाढीले पूर्वी नवलपरासीका ४० घर डुबानमा परेका छन् । गैंडाकोट नगरपालिका–२ को बोटे टोलमा रहेका ३५ घर डुबानमा परेपछि स्थानीयलाई नजिकैको अक्सफोर्ड कलेजको भवनमा सारिएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालका अनुसार नारायणी नदीको बाढी बस्ती पसेपछि स्थानीयलाई सारिएको हो । त्यसै गरी कावासोती नगरपालिका–१७ अमलटारीका ५ वटा होटेल डुबेका छन् । त्यहाँ फसेकालाई बुधबार बिहान उद्धार गरिएको र उनीहरूलाई नजिकको स्कुल वा सामुदायिक वनको भवनमा सार्ने तयारी भइरहेको प्रहरीले जानकारी दियो । पानी परिरहेकाले उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।

यसैगरी मर्स्याङ्दी नदीको बाढीले मनाङको तल्लो भेग नासों गाउँपालिकाको धारापानी क्षेत्रमा क्षति पुर्‍याएको छ । आज बिहान आएको बाढीले पुल र भवनहरू बगाएको हो । मनाङ प्रहरीका अनुसार ताचै जाने बेलिब्रिज, थोंचे–चिल्चेतिर जाने झोलुंगे पुल, नासों गाउँपालिकाको कार्यालय, सीमा प्रहरी चौकी बगेका छन् । यस्तै, प्रभु बैंक र प्राइम कमर्सियल बैंकका भवन, वडा नं. ५ को कार्यालय, थोंचे स्वास्थ्य चौकी, लघु जलविद्युत् आयोजनाका साथै धारापानीका पाँचवटा होटल बगेका छन् ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बाढीपछि प्राइम कमर्सियल बैंकमा कार्यरत एक कर्मचारी सम्पर्कविहीन रहेको बताउनु भयाे । ‘ती कर्मचारी आफ्ना साथीहरूसँग सम्पर्कमा छैनन् । बैंकको केन्द्रीय कार्यालयले पनि सम्पर्कमा नरहेको जनाएको छ । खाेजी कार्य भइरहेकाे बताइएकाे छ ।  बाढीले धारापानी बजार नै जोखिममा परेको छ । धारापानीमा बिजुली छैन ।  टेलिफोनले काम गरेको छैन ।

प्रजिअ लामिछानेले दिएकाे जानकारी अनुसार बेलिब्रिज, झोलुंगे पुल, सरकारी कार्यालय, प्रहरी चौकी, बैंक, होटल बगाएको छ । गाउँपालिका कार्यालय, बैंक, प्रहरी चौकी तथा होटलका सामानहरू भने झिकिएको छ ।


बजार जोखिममा परेपछि स्थानीय बासिन्दा नजिकैको ओडार गाउँमा गएर बसेका छन् । मस्र्याङ्दी वरपरका सबै गाउँ जोखिममा रहेको प्रजिअ लामिछानेले बताउनु भयाे । बा

यता यस्तै बाढीले बाजुरामा एकजनाको ज्यान गएको छ भने अर्का एकजना अझै बेपत्ता छन् । त्यहाँ दुईवटा घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । गोरखामा बाढीमा बगेर एकजना बेपत्ता भएका छन् भने चार घर बगाएको छ । यता डोटीमा पहिरोमा परी एकजनाको ज्यान गएको छ भने जुम्लामा दुईजना घाइते भएका छन् । जाजरकोटमा अविरल वर्षापछि बाढीमा परी सातजना बेपत्ता भएका छन् । अर्घाखाँचीमा बाढीले बगाउँदा एकजना बेपत्ता भएका छन् भने १२ घर वटा घर बगाएको छ ।  यसैगरी कास्कीमा बाढीले एकजनाको ज्यान गएको छ भने तीन घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको गृहको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३०८२ जना निकाे, २८२८ संक्रमित
Next post नेपालमा आज २१४१ निकाे, १७६८ संक्रमित