नेपालमा आज २१४१ निकाे, १७६८ संक्रमित

३ असार २०७८,काठमाडौँ —  नेपालमा पछिल्लाे २४ घण्टामा २ हजार १ सय ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ४५ हजार ६ सय ६२ पुगेको छ । यस्तै यता २४ घण्टामा देशभर १ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार विभिन्न जिल्लामा गरिएको ७ हजार ७ सय ११ पीसीआर परीक्षणमा १ हजार ७ सय ६८ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी, ४ हजार ७ सय ७३ एन्टिजेन परीक्षणमा ८ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ६ सय ७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख १५ हजार ९ सय ८४ पुगेको छ ।

यसैगरी मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५ सय ९७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा १२ जिल्लामा बाढी र पहिराेकाे वितण्डा ३ दर्जन भन्दा धेरै वेपत्ता र मृत्यु
Next post ५ दिनकाे बाढीले १६ काे मृत्यु २२ वेपता, झण्डै २ हजार मानिस विस्थापित