नेपालमा आज ३६६० निकाे १६८८ संक्रमित

५ असार २०७८,काठमाडौँ – नेपालमा २४ घण्टामा ३ हजार ६ सय ६० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण निको हुनेको संख्या ५ लाख ५३ हजार ३ सय ४२ पुगेको छ ।२४ घण्टामा देशभर १ हजार ६ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ७ हजार १० पीसीआर परीक्षणमा १ हजार ६ हजार ८८ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी, ४ हजार ६८६ एन्टिजेन परीक्षणमा ७ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख १९ हजार ६३५ पुगेको छ ।

यस्तै मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ६७५ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा संक्रमित भन्दा निकाे हुने बढ्दै, मृत्यु संख्या पनि घट्न थाल्याे
Next post स्वास्थ्यकर्मी युवतीकाे शव फेलाः हत्या गरेकाे शंका