स्वास्थ्यकर्मी युवतीकाे शव फेलाः हत्या गरेकाे शंका

५ असाढ २०७८, डडेल्धुरा–डडेल्धुरामा आज एक युवतीको शव फेला परेको छ। जिल्लाको परशुराम नगरपालिका–८ जमरानी आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मीता धामीको शव फेला परेको हो । ३ दिन अघि स्वास्थ्य सामग्री पुर्याउन जोगबुडा अस्पताल जाने क्रममा उनी बेपत्ता भएकाे परिवारले जानकारी दिएका छन् । उनको खोजीका लागि परिवारले इलाका प्रहरी कार्यालयमा निवेदन दिएको थियो । तर शनिवार उनको शव स्थानिय हट्वानी सामुदायिक वनमा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएकाे छ । स्थानीयले भने स्वास्थ्यकर्मी धामीको हत्या गरिएको हुन सक्ने शंका गरेका छन् । गाँउले घटनाबारे सत्य तथ्य छानविन गर्दै दाेषी उपर कडा कार्वाहीकाे माग समेत गरेका छन् ।  यता डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले भने प्रहरी टोली घटनास्थलमा अनुसन्धान भइरहेकाे बताउनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३६६० निकाे १६८८ संक्रमित
Next post नेपालमा आज ३४५६ निकाे, २४४२ संक्रमित