विश्व शरणार्थी दिवशः भूटानी शरणार्थी जोखिममा परेको भन्दै जीवन रक्षाको माग


६ असार २०७८/डिकेश लामा
झापा–विश्व शरणार्थी दिवशको अवसरमा कोरोना भाइरसको संक्रमणमा परेका भूटानी शरणार्थीका जीवन रक्षा गर्दै स्वदेश फर्कने मार्ग निर्माण गर्न शरणार्थीहरुले आग्रह गरेका छन् । भूटान स्वतन्त्र जन मञ्चले शरणार्थीलाई रेखदेख गर्दै आएको शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकायलाई मेल मार्फत ज्ञापन पत्र बुझाएका छन् । पत्रमा जोखिममा रहेका भूटानी शरणार्थीलाई तत्काल खोपको व्यवस्था गर्न माग गरिएको छ । यस्तै शरणार्थीको जीवन रक्षा गर्दै ३ दशक देखि आफ्नो देश फर्कने आशामा वसेका शरणार्थीलाई तत्काल स–सम्मान घर फिर्ती गर्ने गराउने कार्यमा पहल गर्न आग्रह गरिएको मंचका महासचीव डीबी सुव्बाले बताउनु भयो ।

यस्तै भूटानी यूवाहरुको अगुवाईमा जुम एम मार्फत नेपालको शरणार्थी शिविरमा बसोवास गर्दै आएका, काठमाण्डौंमा रहेका र तेस्रो मुलुक पुगेका शरणार्थीबीच विभिन्न कार्यक्रम गरेका छन् । कार्याक्रममा शरणार्थीको वर्तमान कोभिडको अवस्था, जोखिम र न्यूनिकरण सम्बन्धी अन्तकृया गरिएको वेलडाँगी शिविरका अगुवा युवा कविराज मगरले बताउनु भयो ।
यस अघि विश्व शरणार्थी दिवशमा शरणार्थीलाई रेखदेख गर्दै आएका संस्थाबीच शिविरम बसोवास गर्दै आएका शरणार्थीबीच विभिन्न कार्याक्रम गर्दै आएका थिए । तर यस अघि शरणार्थी शिविर रेखदेख गर्न दमकमा स्थापना गरेको यूएनएचसीआरको कार्यालय हटाए पछि धेरै शरणार्थीहरुले अभिभावक नभएको बताएका छन् । पछिल्लो समय कोरोना संक्रमणले थप जोखिम र चुनौती थपेको भूटानी शरणार्थी अपाङ्ग संघकी अध्यक्ष देवीमाया गुरुङ्गले बताउनु भयो । गुरुङ्गले दिएकाे जानकारी अनुसार २०२१ काे शरणाार्थी दिवशमा यूएनएसीअार र विश्व लुथरन फेडेरेशनकाे सहयाेगमा १० जना काेभिड संक्रमित परिवारलाइ शिविरमा कार्यरत संघसंस्थाले खाद्यन्य लगायतकाे राहत प्याकेज प्रदान गरेकाे छ । उनीहरूलाइ चामाल, तेल लगायतका सरसफाइसम्बन्धी सामाग्री हस्तान्तरण गरिएकाे छ ।

 

पछिल्लो समय शरणार्थी शिविरमा संक्रमितको संख्या बढ्दो छ । पछिल्लो केही अघि ३१ जनाको एन्टिजेन परिक्षण गर्दा १२ जनामा संक्रमण देखा परेको दमक नगरपालिका कोभिड व्यवस्थापन टीमका पदाधिकारी बद्रि बरालले बताउनु भयो । शरणार्थी शिविरमा हालसम्म ५ जनाको मृत्यु भईसकेको छ भने कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण भएका तर परिक्षण नगरिएका अन्य केही व्यक्तिको मृत्यु भएको पूर्व शिविर सचीव युवराज साङ्पाङले बताउनु भयो ।
पछिल्लो समय तिव्ररुपमा शरणार्थी शिविरमा बढ्दै गएको कोरोना संक्रमण कम गर्न सरोकारवाला निकायले तत्काल ध्यानु दिनु पर्ने अवस्था आएको स्थानीय सामाजिक अगुवाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३४५६ निकाे, २४४२ संक्रमित
Next post नेपालमा आज ३१३० निकाे, २२९७ संक्रमित