७ असार २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा ३ हजार १ सय ३० जना निको भएका छन् । नेपालमा निको हुने दर बढेर ८९ दशमलव ९ प्रतिशत पुगेको छ । कोभिड १९ संक्रमितभन्दा निको हुनेको संख्या केही दिन यता बढ्दै गएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९ सय ४ जनामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा २ हजार २ सय ९७ जना संक्रमित भएका छन् ।

यसैगरी मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ४६ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ७ सय ७२ पुगेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *