प्रधान मन्त्री ओलीको निर्वाचन क्षेत्रमा स्थानीय तहको बजेट कहाँ कति?

प्रमको गृह नगर दमकमा १ अर्व ३८ करोडको बजेट


१० असार २०७८/डिकेश लामा
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा एकै दिन स्वास्थ्यमा जोड दिँदै नीति तथा कार्याक्रम सार्वजनिक भएको छ । दमक, कमल, गौरादह र गौरीगंजले आगामी आर्थिक बर्ष २०७८/०७९ को बार्षिक नीति तथा कार्याक्रम सार्वजनिक गरेको छ । प्रम ओलीको गृह नगर दमक नगरपालिकामा सवै भन्दा धेरै १ अर्व ३८ करोडको बजेटको नीति तथा कार्याक्रम सार्वजनिक गरेको छ । ९ औं नगरसभामा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बार्षिक नीति तथा कार्याक्रम प्रस्तुत गर्नु भएको छ ।
नगरले कोभिड १९ सँग लड्न स्थापना गरेको अस्पताललाई थप व्यवस्थित गर्दै लानेमा नगरसभाले जोड दिएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तीमा रहेर काम गर्ने कर्मचारी, स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहनका लागि बजेटको व्यवस्था गर्ने उप प्रमुख अधिकारीले बताउनु भयो ।


संक्रमणका कारण बजेट केही कम भए पनि नगरबासीको जिऊधन रक्षामा आफूहरु लागि परेको र कुनै पनि क्षेत्रमा राजश्व बृद्धि नगरेको सभाका अध्यक्ष नगर प्रमुख रोमनाथ ओलीले बताउनु भयो ।
यस्तै कमल गाउँपालिकाले ७१ करोड ५९ लाख बजेटको नीति तथा कार्याक्रम सार्वजनिक गरेको छ । पालिकाले स्वास्थ्य र कृषिलाई उच्च प्राथमिकतामा राखेको पालिका उपाध्यक्ष वेनुप्रसाद शिवाकाटीले बताउनु भयो । पालिकाले कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ । स्वास्थ्यमा ९० लाख र कृषिमा १ करोड ५ लाख बजेट विनियोजन गरेको छ ।


यता गौरादह नगरपालिकाले समेत आज नीति तथा कार्याक्रम सार्वजनिक गरेको छ । ७१ करोड ८३ लाख २३ हजार रुपयाँको बजेट सार्वजनिक गर्दै आगामी दिनमा संक्रमण रोक्न बजेटले प्राथमिकता दिएको नगरपालिकाका प्रमुख रोहितकुमार शाहले बताउनु भयो ।


यस्तै गौरीगंज गाऊँपालिकाले समेत आजै ४० लाख ३४ हजार रुपयाँको बजेट तथा कार्याक्रम सार्वजनिक गरेको छ ।
जिल्लाका अधिकाशं पालिकाले आजै नीति तथा कार्याक्रम सार्वजनिक गरे पनि आगामी आगामी साता भित्र बजेट पास गर्ने योजना बनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २५१८ निकाे, २४७४ संक्रमितःमृत्यु भने ह्वात्तै घट्यो
Next post नेपालमा आज ५४५५ निकाे,२४७६ संक्रमित