नेपालमा आज ५४५५ निकाे,२४७६ संक्रमित

११ असार २०७८, काठमाडौँ – नेपालमा पछिल्लाे २४ घण्टामा ५ हजार ४ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ७६ हजार ४ सय १३ पुगेको छ । २४ घण्टामा देशभर १ हजार ७२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लामा गरिएको ९ हजार ५ सय ८६ पीसीआर परीक्षणमा १ हजार ७ सय २१ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी, ४ हजार ७६५ एन्टिजेन परीक्षणमा ७५५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ३१ हजार १५२ पुगेको छ ।

यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९ सय ४५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रधान मन्त्री ओलीको निर्वाचन क्षेत्रमा स्थानीय तहको बजेट कहाँ कति?
Next post नेपालमा संक्रमित भन्दा निकाे हुने दाेब्बर