आज पनि संक्रमित भन्दा निकाे हुने धेरै

५ दिनमा १६३५३ जना निकाे

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९ सय ५४ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ८ हजार २ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९ सय ८१ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७५ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख २१ हजार ८२४ रहेको छ । विगत ५ दिन यता निकाे हुनेकाे संख्या संक्रमित भन्दा झण्डै दाेब्बर रहेका छन्  । विगत ५ दिनमा १६ हजार ३ सय ५३ जनाले काेराेनालाइ जितेका छन् ।

कोरोनाबाट थप ११ जनाको मृत्यु
देशभर गत २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ सय ८७ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५ प्रतिशतको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकमा एक युवाको डुबेर मृत्यु
Next post ६ दिनमा १९ हजार ३ सय ९१ जनाले जिते कोरोनालाई