दमककाे दुम्सेमा अन्तराष्ट्रिय रंगशाला बन्ने

आदिबासी रंगशाला भने ओझेलमा

१२ असार २०७८/डिकेश लामा

झापा–प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गरिने तयारी थालिएको छ । दुई बर्षमा सक्ने गरी निर्माण गरिने भनिएको रंगशालाका लागि दमकको हंसेदुम्से सामुदायिक बनको २७ हेक्टर जग्गा प्रयोग गरिने भएको छ ।

झापाको कमलमा एक दशक अघि देखि निर्माण थालिएको अन्तराष्ट्रिय स्तरको रंगशाला विवादले रोकिए पछि अव दमकमा निर्माण हुने भएको छ । दुई बर्षमा सक्ने गरी दमकमा अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने योजना आगामी आर्थिक बर्षको बजेटमा समावेश भएको छ । यसका लागि दमकको हंसे दुम्से सामुदायिक बनको २७ हेक्टर बन क्षेत्र प्रयोग गरिने बनका अध्यक्ष हिमालयप्रसाद दाहालले बताउनु भयो । दाहालका अनुसार आगामी आर्थिक बर्षका लागि ५ अर्व हाराहारीमा संघीय सरकारले बजेट विनियाेजन गरेेकाे बताउनु भयाे । हालसम्म बन क्षेत्रमा २ हजार हाराहारीमा काट्नु पर्नेे रूखकाे लगत उठाइसकिएकाे छ। मन्त्री परिषदकाे वैठकले चुलाचुली खेल मैदान भएकाे ४० विगाह क्षेत्र जग्गा प्रयाेग गर्न दिने निर्णय गरेकाे भए पनि बनमा आधिकारिक पत्र भने हालसम्म नआएकाे बताउनु भयाे ।

मदनभण्डारी रंगशाला निर्माणका लागि ३ अर्व १० करोड बजेटको ठेक्का आव्हान भइसकेको छ । यसका लागि बनभित्र पर्ने रुख हटाउन डिभिजन बन कार्यालय झापाले गरेको लगतमा झण्डै २ हजार हाराहारी रुखहरु हटाउनु पर्ने छ । यस अघि चुलाचुली ग्रामिण खेल मैदान समेत रहेको क्षेत्रलाई विस्तार गरी रंगशाला निर्माण गरिने दमक नगरपालिका वडा नं. ३ का अध्यक्ष नविन बरालले बताउनु भयो । बरालका अनुसार ठेक्का चालु आ.ब.मा लागे पनि काम भने आगामी बर्ष देखि हुने बताउनु भयाे । पहिले स्थानीय यूवाले खेल खेल्ने चुलाचुली खेल मैदान रहेकाे क्षेत्र देखि ४० विगाह शरणाार्थी शिविर बसाेवास क्षेत्रसम्म रंगशाला निर्माण हुने बरालले बताउनु भयाे ।

रंगशाला निर्माणका लागि यस अघि राष्ट्रिय खेलकुद परिषदको इन्जिनियर सहितको टोलीले सर्वेक्षण गरिसकेको छ । बन्न लागेको रंगशाला मैदान पूर्वी नेपालको नमूना खेल योजना बन्ने सर्वेक्षणमा सहभागी परिषदका इन्जिनियर राजु श्रेष्ठले बताउनु भयो ।

याे याेजना यस अघि कमल गाउँपालिका वडा नं. ५ पाडाजुँगीमा बनाउने भनी विभिन्न आर्थिक बर्षमा ६ कराेड भन्दा धेरै रकम विनियाेजन भए पनि नामकाे विवादले निर्माणकाे काम नहुँदा बजेट फ्रिज हुन पुगेकाे थियाे । विवादले निर्माण कार्य रोकिएको कमलको अन्तराष्ट्रिय स्तरको आदिवासी रंगशाला अहिले गौचरनमा परिणत भएको छ । तर यता दमकमा मदन भण्डारीको नाममा अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण हुने भए पछि स्थानीय बासिन्दा भने खुशी बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा संक्रमित भन्दा निकाे हुने दाेब्बर
Next post विक्री नहुँदा दुध फाल्नु पर्ने अवस्थामा किसान (भिडियो कथा सहित)