१३ असार २०७८/डिकेश लामा

दोस्रो लहरको लामो निषेधाज्ञाले ग्रामिण क्षेत्रका किसानको दुध विक्री नहुँदा समस्या आउन थालेको छ । झण्डै २ महिना देखि बजारमा दुध र दुग्ध परिकारको खपत घटे पछि दुध खरिद बन्द हुँदा किसानलाई गाई बस्तु पाल्न समेत समस्या हुन थालेको छ ।
झापाका पशुपालक किसानले उत्पादन गरेको दुधले बजार नपाउँदा समस्या हुन थालेको छ । दुध विक्री नुहँदा गाई बस्तुलाई खुवाउने दाना र चापड खरिद गर्न नै समस्या हुन थालेको हो । लामो निषेधाज्ञाले बजार बन्द भए पछि फाल्नु अवस्था आएको किसानले गुनासो पोखेका छन् ।


दुधमा आत्मा निर्भर रहेको झापा जिल्लामा मुख्य ४ वटा डेरीले दुधको कारोवार गर्दै आएका छन् । एउटै डेरीले १० देखि २० हजार लिटरसम्म दैनिक दुधको कारोवार गर्दै आएको पनि ढेड महिना देखि बजार बन्द हुँदा दुधको विक्रीमा गिरावट धेरै आएको ग्रामिण क्षेत्रमा दुध संकलन गर्दै आएको हंदे दुम्से दुग्ध उत्पदान तथा संकलन सहकारी संस्थाका पदाधिकारी लिला गुरागाईंले बताउनु भयो ।
बजारमा दुधको कारोवार गर्ने सानातिना डेरी उद्योग समेत बन्द रहेका छन् । दुध विक्री नहुने समस्या एकातिर छ भने अर्को तिर गाईबस्तुलाई खुवाउने खाद्यन्य समेत अभाव हुन थालेको किसानले गुनासो पोखेका छन् ।
सरकारले निषेधाज्ञामा दुध तथा कृषिजन्य सामाग्रीलाई ढुवानीमा रोक लगाएको छैन । तर लामो समयको बजार बन्दले दुधको आपुर्ती नहुँदा डेरी देखि किसानसम्मले ठूलो क्षति व्यवहोर्नु परेको उनीहरुले बताएका छन् ।

भिडियाे कथा हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *