नेपालमा आज ४०१७ निकाे, २७६० संक्रमित

१७ असार २०७८,काठमाडौँ – नेपालमा पछिल्लाे २४ घण्टामा ४ हजार १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख १ सय ४९ पुगेको छ । यस्तै यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार विभिन्न जिल्लामा गरिएको ७ हजार १३० पीसीआर परीक्षणमा १ हजार ८५७ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी, ३ हजार ८ सय ५५ एन्टिजेन परीक्षणमा ९ सय३ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ७ सय ६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ४० हजार ६ सय ६२ पुगेको छ ।

यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ४५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ३ दिन पानी पर्ने हुँदा सतर्क रहन अनुराेध
Next post नेपालमा आज ३४५१ निको, २२९९ संक्रमित