नेकपा नेता प्रसाईंको अन्त्येष्टी

Photo from facebook

२५ असार २०७८/डिकेश लामा
झापा जिल्लाका एक असल नेतृत्वको रुपमा परिचित ज्ञानुराम प्रसाईको आज अन्त्येष्ठी गरिएको छ । जिल्ला स्तरका नेता प्रसाई हाल विर्तामोड नगरपालिकाको पार्टी अध्यक्ष हुुनु हुन्थ्यो । आज विहान पाउने १२ बजेतिर चारआली–चन्द्रगढी सडक खण्डमा चारआलीबाट चन्दगढी जाँदै गर्दा प्रसाई स्वयम्ले चलाएको बा १६ च ८१८२ नम्बरको कार भद्रपुर–९ देवकोटा चोकमा अनियन्त्रित भई सालिक राखिएको कम्पाउन्डमा ठोक्किएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएका छन् ।

photo from social network

कार दुघर्टना हुन साथ उहाँलाई मेची अञ्चल अस्पताल भद्रपुर लगेर उपचार गर्नेक्रममा मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो । प्रसाई विर्तामाेड नगरपालिकाकी उपप्रमुख पवित्र महातारा प्रसाईंको श्रीमान् हुनु हुन्थ्यो । उहाँको एक छोरा र छोरी रहेका छन् । प्रसाईं झापाका एक कुशल व्यवसायीको रुपमा समेत परिचित हुनु हुन्थ्यो । उहाँको आकास्मिक दुघर्टनाबाट भएको मृत्यु प्रति नेकपा पार्टीमा ठूलो क्षति भएको प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री नेकपाका नेता हिक्मतकुमार कार्कीले सामाजिक संजाल मार्फत दुःख प्रकट गर्नु भएको छ ।

Photo from Nepal police jhapa

उहाँको सवलाई आज विर्तामोड वडा नं. ५ आफ्नो निवासबाट कन्काई माइमा लगेर दाहसंस्कार गरिएको छ । संस्कारमा शुभचिन्तक, आफन्त तथा व्यवसायीहरू समेतको ठूलो जमघट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १३१६ जना निकाे हुँदा २२३९ संक्रमित
Next post नेपालमा पछिल्लाे समय सक्रमण संख्या पुनः बढ्न थाल्याे