सेवामा समर्पित, लायन्सको काम सार्वजनिक


२७ असार २०७८
दमक–झापाको दमकलाई कार्य थलो बनाएर सामाजिक सेवामा कार्य गर्दै आएको लायन्स क्लवले कोरोना भाइरस संक्रमणका बावजुद पनि १ सय ७६ वटा काम गरेका छन् । आज दमकमा पत्रकार सम्मेलन गर्दै लायन्स क्लवले सो जाकारी दिएको हो ।
कोभिडका वेला खासगरी खाद्य वैंक संचालन, रक्तदान, बृक्षरोपण लगायतका कार्यहरु मोरङ्गको उर्लाबारी, झापाको दमक, गौरादह, शिवसताक्षी लगायतका पालिकामा कार्य गरेको सम्मेलनका अध्यक्ष ज्ञाननाथ पौडेलले जानकारी दिनु भयो ।
कार्याक्रममा लायन्सका बक्ताहरुले नेपालमा लायन्सले बाढी, भुकम्प, अशक्त, रोगी देखि कोरोनामा पीडित बन्न पुगेकाहरुलाई समेत सहयोग गर्दै आएको बताएका छन् । कार्यक्रममा प्रमुख अथिति रहनु भएका लायन्स क्लव अफ इन्टरनेशनल ३२५ ए १ का काेषाध्यक्ष काेमल शाक्यले सेवामा समर्पित लायन्सले नेपालमा अाश्रम देखि अस्पताल निर्माणा सम्मका कार्य गरेकाे बताउनु भयाे ।

कार्यक्रममा विभिन्न विभागका प्रमुख तथा अगुवा अजय अग्रवाल, चन्द्र गजमेर, पवन अधिकारी लगायतले लायन्सले गरेका गतिविधिबारे जानकारी दिएका छन् । फुड वैंकमा संकलित अन्न लगायतका सामाग्रीलाई लक्षित समूदायमा पुर्याउने गरी तत्काल कार्याक्रम संचालन गरिने समेत जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ब्राजिललाई हराउँदै २८ बर्ष पछि अर्जेन्टिना काेपाकाे विजेता
Next post नेपालमा आज १५३३ निकाे, १२३७ संक्रमित, २० जनाकाे मृत्यु