नेपालमा आज १५३३ निकाे, १२३७ संक्रमित, २० जनाकाे मृत्यु

२७ असार २०७८,काठमाडौँ – नेपालमा पछिल्लाे २४ घण्टामा १ हजार ५ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख १९ हजार ८ सय ९४ पुगेको छ । यस्तै २४ घण्टामा देशभर १ हजार २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ५५ हजार ४ सय ४९ पुगेको छ । यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३ सय ८२ पुगेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सेवामा समर्पित, लायन्सको काम सार्वजनिक
Next post सर्वाेच्च अदालतले पूनः पूनर्स्थपना गरायाे प्रतिनिधिसभा, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश