२८ असार २०७८,काठमाडौं- नेपालमा केही दिन यता पुनः काेराेना संक्रमण बढ्न थालेकाे छ । साेमबार मात्र थप २ हजार ३ सस ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६ सय ९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६ सय ८० गरी २ हजार ३ सय ७० जनामा कोरोना भाइरस संक्रमण भेटिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सोही अवधिमा १ हजार १३३ जना निको भएका छन् । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४ सय पुगेकाे छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *