नेपालमा आज १३१० संक्रमित, २१६४ निकाे, २१ काे मृत्यु

२ साउन २०७८ काठमाडौँ –  केही दिन यता बढ्न थालेकाे संक्रमण परिक्षण घटे सँगै संख्या पनि घटेकाे छ ।  पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ३ सय १० जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर परीक्षणबाट १ हजार ३ सय १० र एन्टिजेन परीक्षणबाट ५ सय ६५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा १० हजार ६६ जनमा परीक्षण भएको थियो । तीमध्ये ६ हजार ८ सय ५८ जनामा पीसीआर र ३ हजार ३ सय ८ जनामा एन्टिजेन परीक्षण गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ६ लाख ६५ हजार ८ सय ८६ पुगेको छ । यस्तै, २४ घन्टामा २ हजार १ सय ६४ जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोनबाट निको हुनेको संख्या ६ लाख ३० हजार ४ सय ७ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेको समेत गरेर थप शनिबार २१ जना मृतक थपिएका छन् । हालस्मम नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय २७ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post उत्खनन् ले झापाको अर्जुनधाराको गाऊँमा खेती योग्य जमिन अझै बाँझैः गाऊँ मरुभूमि हुने खतरा (भिडियाे सहित)
Next post प्रधानमन्त्री देउवाले आजै विश्वासकाे मत लिने