प्रधानमन्त्री देउवाले आजै विश्वासकाे मत लिने

३ साउन २०७८,काठमाडौँ- प्रधानमन्त्री शेरवहादुर देउवाले आज विश्वासको मत लिने हुनुभएको छ । यसका लागि प्रधानमन्त्री देउवाले संसद सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको नेपाली काँग्रेसकी सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो ।

आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मतको प्रस्ताव संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने निर्णय गरिसकेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्‍वासको मत लिने सम्बन्धीको प्रस्ताव परामर्श समितिको बैठकमा लानु भएकाे छ । विघटनविरुद्धको रिटमा सर्वोच्चले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र साताभित्र बैठक बोलाउन परमादेश जारी गरेको थियो । आदेशपछि करिब दुई तिहाइ बहुमत सांसदको समर्थनमा प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १३१० संक्रमित, २१६४ निकाे, २१ काे मृत्यु
Next post नेपालमा आज १६६७ निको १२२३ संक्रमित, २३ को मृत्यु