पानी निकासकाे विषयमा स्थानीय र प्रहरीबीच झडप हुँदा १२ जना प्रहरी घाइते
५ साउन २०७८,धनगढी – पानी निकासकाे विषयमा धनगढी उपमहानगरपालिकाकाे वडा नं. ३ मा प्रहरी र स्थानीयबीच झडप भएकाे छ । आज साँझ उपमहानगर वडा नं. ३ काे हाटबजार विद्युत सब स्टेशनलगायतका क्षेत्रमा जमेको पानी निकास गर्न खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको हाे । हाट बजार र विद्युत कार्यालयको सब स्टेशन जलमग्न भएपछि मोहनापुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोलेर पानी निकास गर्ने क्रममा वडा नम्बर २ का स्थानीयले प्रहरीलाई अवरोध गरेका थिए ।
उनीहरुले कल्भर्ट खोल्दा वडा नम्बर २ को बस्ती ढुवानमा पर्ने भन्दै अवरोध गरेका हुन् । स्थानीयको ढुंगा प्रहारबाट १२ जना प्रहरी घाइते भएको र तनाव अझै कायम रहेको एसपी अधिकारीले बताउनु भयाे । केही स्थानीयहरू समेत घाइते भएकाे हुन सक्ने शंका गरिएकाे छ ।
More Stories
रास्वपा सभापति रवि लामिछाने पक्राउ
२ कार्तिक २०८१, काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृह मन्त्री रवि लामिछाने पक्राउ पर्नु भएको छ । सहकारी...
दक्षिणी झापाका व्यवसायी भन्छन्ः कर तिर्ने ठाउँ देऊ, सरकारले सुनेन
१ कार्तिक २०८१/डिकेश लामा कोरोना कहर देखि बन्द भएका झापाका झण्डै एक दर्जन हाराहारीका छोटी भन्सारहरु संचालनमा नआउँदा सेवाग्राहीले राजश्व...
चाडबाड नआएकै राम्रोः दशैंले दुःखाउँछ भूटानी शरणार्थीलाई
२९ असोज २०८१/डिकेश लामा ३३ बर्ष अघि देश छाडे देखि पूर्वी नेपालको शरणार्थी शिविरमा बस्ने धेरै बृद्धबृद्धाले दशैंमा टिका लगाएका...
सडकमा १६ करोड बढीको क्षतिः यातायात सुचारु
२५ असोज २०८१/झापा असोज महिनामा आएको अविरल बर्षा र बाढीका कारण झापा तथा इलाममा सडक र पुलमा गरी १६ करोड...
विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ७१ स्थानीय तह विवरण सार्वजनिक (सूची सहित)
२४ असाेज २०८१, काठमाडौं–सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ७१ स्थानीय तहको विवरण राजपत्रमा प्रकाशित गरेको छ । सरकारले विपद्...
दाेलखाकाे चरङ्गेमा बस पल्टिँदा १ जनाकाे मृत्युः ७ जना घाइते
२४ असाेज २०८१, दोलखा – काठमाडौँबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको यात्रुवाहक बस दोलखाको भीमेश्वर नगरपालिका -८ चरङ्गेमा दुर्घटना भएकाे छ...