भीषण बर्षाले चीनमा २५ काे मृत्युः सववे स्टेशनमै बाढी पस्दा यात्रु अलपत्र

७ श्रावण २०७८, सारासन्देश – भारी वर्षापछि चीनका विभिन्न प्रान्तमा भीषण बाढी आएको छ । मुसलधारे वर्षासँग आएको बाढीमा परी कम्तीमा २५ जनाको मृत्यु भएको अन्तराष्टिय समाचार संस्था राेयटर्यसले जानकारी दिएकाे छ । चीनको व्यस्त सबवे स्टेशनभित्र बाढीको पानी पसेपछि कयौं यात्रुहरु अलपत्र परेका छन् । तीब्र बेगमा अचानक बाढी पसेपछि भाग्न प्रयास गरे पनि कयौं यात्रुहरु प्लेटफर्ममै बगेका छन् । बाढीका कारण एउटा रेल पानीमा डुबेको छ । त्यहाँ रहेका यात्रुहरुको कम्मर र घाँटीसम्म पानी आएपछि उनीहरु त्रसित बनेका छन् । डरले यात्रीहरूले सास फेर्नको लागि माथि आउने प्रयास गरिरहेका छन् । बाढीले बगाउने र डुब्ने डरले यात्रुहरु कुर्सी तथा कार माथि उभिरहेको दृश्य सामाजिक संजालहरु छाएका छन् । पानीमा डुबेका कयौं यात्रीहरुले उद्दारको माग गरेका छन् । केही समय मात्रै ढिला भए पनि आफूहरुको जीवन समाप्त हुने भन्दै तत्काल उद्दार गर्न पीडितहरुले अपिल गरेका छन् ।

यसैबीच हेनान प्रान्तमा १० हजारभन्दा बढी मानिसलाई उद्धार गरी सेल्टरमा राखिएको छ । बाढीका कारण दर्जनौं सहर प्रभावित भएका छन् । बाढीले मुख्य राजमार्गसमेत डुबानमा परेपछि सवारी साधन ठप्प छन् भने हवाई उडान पनि स्थगित गरिएको छ । झन्डै १० करोड जनसंख्या रहेको हेनान प्रान्तले वर्षा सुरु भएसँगै अस्वभाविक बाढी आउन सक्ने भन्दै चेतावनी जारी गर्दै आएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post समयमा काम नहुँदा बस्ती जोखिममा, झापाका केही बस्तीमा बाढी बस्ती पस्ने उच्च जोखिम (भिडियाे रिपाेर्ट सहित)
Next post नेपालमा आज २७१४ संक्रमित, १२८८ निकाेः २४ जनाकाे मृत्यु