नेपालमा आज २७१४ संक्रमित, १२८८ निकाेः २४ जनाकाे मृत्यु

७ श्रावण २०७८,काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७ सय १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय २२ पीसीआर परीक्षणमा बिहीबार थप १ हजार ८५५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७ सय ७ परीक्षणबाट ८ सय ५९ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ८२९ परीक्षणमा २ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ७४ हजार ७ सय २६ पुगेको छ ।

यस्तै यता पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ८८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ३७ हजार ६ सय ९० पुगेकाे छ ।  हाल नेपालमा ३७ हजार ३६ जना सक्रीय संक्रमित रहेका छन् । नेपालमा कोरोना संक्रमणबाट पछिल्लाे २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ६ सय ६१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भीषण बर्षाले चीनमा २५ काे मृत्युः सववे स्टेशनमै बाढी पस्दा यात्रु अलपत्र
Next post पत्रकार महासंघ झापा शाखाबाट पुरस्कार तथा लेखनबृति वितरण