लामाे दुरीका यातायत संचालनमा ल्याइने

८ श्रावण २०७८,काठमाडौं– कोभिड महामारीसँगै लकडाउनको कारण रोकिएको लामो दुरीको सार्वजनिक यातायात संचालनमा ल्याउने तयारी थालिएकाे छ ।

जनस्वास्थ्यको मापदण्ड पालना गर्दै यातायात संचालनको लागि गृह मन्त्रालयले आवश्यक सहजीकरण गर्ने भएको छ। लामो दुरीको सार्वजनिक यातायात नचल्दा सर्वसाधरणले अनेकौं सास्ती व्यहोरिरहेका छन् ।

लकडाउन खुकुलो भएसँगै सर्वसाधरणको समस्यालाई मध्यनजर गरि यातायात सञ्चालनमा सहजीकरण गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ। यस सम्बन्धमा आवश्यक नीति निर्देशन दिइसकेको गृह मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ३२ औं संस्करणको ओलम्पिककाे महाकुम्भ शुरू, खेल राेक्न विराेध जारी
Next post नेपालमा आज ३११४ संक्रमित,२१९७ निकाेः १६ जनाकाे मृत्यु