दमकमा एक साता कडा निषेधाज्ञा जारी


१० श्रावण २०७८
झापा–झापामा पछिल्लो समय कोरोना संक्रमण दर घट्नुको सट्टा बढ्न थाले पछि स्थानीय आफैले कडाइका साथ लागु गर्ने गरी निषेधाज्ञा जारी गर्न थालेका छन् । दमक नगरपालिकाले श्रावण ११ विहान ४ बजे देखि १७ गते राती १२ बजेसम्म अतिआवश्यक सेवा बाहेक सम्पूर्ण व्यवसाय तथा यातायत नगरपालिका भरी बन्द गर्ने गरी निषेधाज्ञा जारी गरेको छ ।


नगर क्षेत्रमा पछिल्लो समय कोेरोना संक्रमण दर निरन्तर बृद्धि भइरहेकाले पालिकाभरी अस्पतालको आकस्मिक सेवा, औषधी पसल, खोप सेवा, फोहोरमैला संकलन तथा व्यवस्थापन, विधुत, टेलिफोन, खानेपानी, इन्टरनेट सेवा प्रदायक संस्थाका अत्यावश्यक कार्यहरु बाहेक दुध र अण्डाका पसल विहान ६ बजे देखि ८ बजेसम्म खोल्न पाउने बाहेक अन्य सेवाहरु संचालन नगर्ने नगराउने विषयमा कडाईका साथ पालना गर्न नगर पालिकाले आग्रह गरेको छ ।


नगरपालिका भित्र दोस्रो लहर शुरु भए यता चैत्र २५ देखि श्रावण ९ गतेसम्म २ हजार ८ सय २१ जनामा संक्रमण देखा परेको छ । यस्तै सोही अवधिमा ३८ जनाले ज्यान गुमाएका छन् भने हाल ५ सय १ जना सक्रीय संक्रमण रहेको नगरपालिकाकी प्रवक्ता तथा उपप्रमुख गीता अधिकारीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २२३७ संक्रमित, २०५० निकाेः १८ जनाकाे मृत्यु
Next post नेपालमा आज ३४२१ संक्रमित १६८६ निकाेः २५ जनाकाे मृत्यु