नेपालमा आज ३४२१ संक्रमित १६८६ निकाेः २५ जनाकाे मृत्यु

११ श्रावण २०७८,काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ४ सय २१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २४० पीसीआर परीक्षणमा सोमबार थप २ हजार ३९१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ५ हजार ३२ परीक्षणबाट १ हजार ३० जनामा पोजिटिभ देखिएको छ । दुवै विधिबाट गरिएको १७ हजार २ सय ७२ परीक्षणमा ३ हजार ४ सय २१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ८२ हजार ९ सय ४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ८६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ४५ हजार ३ सय १ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ७ सय ३८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकमा एक साता कडा निषेधाज्ञा जारी
Next post कन्काइ नदिबाट काठ तस्करीः एक महिनामा १८ लाख मुल्यका महँगा प्रजातिका काठ बरामद (भिडियाे सहित)