कन्काइ नदिबाट काठ तस्करीः एक महिनामा १८ लाख मुल्यका महँगा प्रजातिका काठ बरामद (भिडियाे सहित)

बरामद काठ सुरूङा सवडिभिजन बन कार्यलयमा घाटगदी


११ श्रावण २०७८/डिकेश लामा

कोरोना कहरले निषेधाज्ञा जारी रहेको समयमा झापाको कन्काई नदिमा बाढी आएको मौका छोपी काठ चोरी तस्करी गर्ने कार्य बढेको छ । गएको एक महिनाको अवधी भित्र मात्र बजारकोे मुल्य अनुसार १८ लाख रुपयाँ भन्दा धेरै मुल्यका काठ बरामद गरिएको छ ।  झापाको कन्काई नदिमा जव बर्षा लागेर बाढी आउन शुरु हुन्छ अनि काठ तस्करीहरुले त्यसको मौका छोप्ने गरेका छन् । बाढीको मौका छोपेर ठूल्ठूला र महँगा प्रजातिको काठको तस्करी हुने गरेको बनका कर्मचारी योगेन्द्र भण्डारीले बताउनु भयो ।

यस बर्षको बर्षातमा मात्र ६ सय ५१ क्यू फिट काठ तथा गोलिया बरामद गरी बन कार्यलयमा जम्मा गरिएको छ । जसको बजार मुल्य १८ लाख भन्दा धेरै पर्ने कन्काई सव डिभिजन बन कार्यालय सुरुङ्गाका रेन्जर राजेश घिमिरेले बताउनु भयो ।

कन्काई नदि झापाको सवै भन्दा ठूलो नदि हो । नदिको प्रयोग गरेर ठूल्ठूला गोलिया समेत ल्याउने गरिन्छ । त्यसरी बगाएर ल्याइएका गोलियाहरु विक्री तथा चिरानीमा प्रयोग गर्ने गरेको नदि किनारका बासिन्दाले बताएका छन् ।

नदिको बाढीबाट कतिपयले इलामको चुरे क्षेत्रमा पाइने महँगो मुल्यका खयर, साँखु, सिसौं लगायतका काठहरु तस्करी गर्ने गरेका छन् । एक महिना नवित्दै ठूलो परिमाणमा काठ पक्राउ परेकाले चोरी तस्करी थप सक्रीय बन्दै गएको स्थानीयले बताएका छन् ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३४२१ संक्रमित १६८६ निकाेः २५ जनाकाे मृत्यु
Next post यादव पक्षलाई जसपाको आधिकारिता प्राप्त