नेपालमा संक्रमित भन्दा निकाे हुने बढ्दै हालसम्म ढेड लाख हाराहारीले जिते काेराेना

२० कार्तिक २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा संक्रमित भन्दा निकाे हुनेकै संख्या धेरै रहेकेाे छ । पछिल्लाे २४ घण्टामा देशभर ३ हजार ४ सय ३० जनाले काेराेनालाइ जितेका छन् । यस्तै पछिल्लाे २४ घण्टामा ३ हजार ५१ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार ६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ४८ हजार ४ सय ८ रहेको छ । नेपालमा निको हुनेको दर ७९.८ प्रतिशत रहेको छ ।

यसैबीच देशभर पछिल्लो २४ घण्टामा १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ । यसैगरी प्रदेश नम्बर एकमा पछिल्लाे २४ घण्टामा ४ सय १ जना संक्रिमत थपिएका छन् । प्रदेशभर माेरङ,सुनसरी र झापा  रेडजाेनमा परेकाे छन् । झापामा पछिल्लाे २४ घण्टामा १ सय १९ जना संक्रमित थपिएका छन् । जसमध्ये झापाकाे काेराेना हटस्पाेड बन्दै गएकाे दमकमा एकैदिन ४८ जना थपिएका छन् । हालसम्म झापामा ५७ जनाकाे मृत्यु भइसकेकाे झापा जिल्ला काेभिड १९ व्यवस्थापन समितिका फाेकल पर्सन जिवन चाैंलागाइले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post निशेधाज्ञा लागू गर्न दमकमा उच्च टाेली खटियाे
Next post खुशीकाे खबर नेपालमा आजै ४ हजार ५ सयले जिते कोरोना