खोलाको भरमा खानेपानीः खोला दोहनले खानेपानी प्रभावित(भिडियो रिर्पोट सहित)

झण्डै ३ कराेड बजेटकाे खानेपानी अलपत्र

२० श्रावण २०७८/डिकेश लामा
खानेपानीका लागि आवश्यक पूर्वाधार निर्माण गरे पनि पानी नचल्दा झापा र इलामको सीमा चुरे क्षेत्रका बासिन्दाहरु खानेपानीको समस्यामा परेका छन् । बर्षातमा पाइप बगाउने र खोला गहिरिने समस्याले खानेपानी बन्द हुँदा खोला खोल्छीको पानी खोजेर खानु पर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् । झापा र इलामको सीमानामा पर्ने चुरे क्षेत्रका बासिन्दाको खानेपानीको समस्या बर्षौं देखि हट्न सकेको छैन । २ बर्ष देखि निर्माण थालेको लिफ्ट प्रणालीको खानेपानी योजना समेत खोला गहिरिएर पानी नचल्ने भए पछि खोला खोल्छीको पानीको भर पर्नु अवस्था आएको स्थानीयले बासिन्दाले बताएका छन् ।
दुम्से र शिखरकटेरी खानेपानीका लागि मावा खोलामा पाइप गाडेर फिल्टर गरी पानी लाने व्यवस्था गरिएको छ । बर्षेनी उत्खनन् नरोकिएकाले बर्षातमा खोला गहिरिएर पानी नचलेकाले समस्या भोग्नु परेको चुलाचुली ५ का फुइकेका अगुवा अमृत राईले बताउनु भयो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डिभिजन नम्बर ४ झापाले इलाम र झापा जिल्लामा खानेपानीको रेखदेख तथा निर्माण गर्दै आएको छ । चुरे क्षेत्रका निर्माणधीन कतिपय योजना बजेट अभाव र खोलाको धार परिवर्तन भएको कारण पानी संचालनमा समस्या भएको कार्यालयका प्रमुख शयनकुमार श्रेष्ठले बताउनु भयो । श्रेष्ठका अनुसार शिखरकटेरी खानेपानीका लागि झण्डै ३ करोड रकम खर्च भईसकेको छ । तर खोला गहिरिएर धार परिवर्तन गरेका कारण अहिले पानी संचालनमा समस्या आएको छ ।
जिल्लामा पछिल्लो समय डीप बोरिङ्ग र उच्च भूभागमा लिफ्ट प्रणालीबाट खानेपानी संचालनको कार्य थालिएको छ । तर नदि तथा खोला गहिरो उत्खनन् भएका कारण पानी संचालन नहुँदा चुरे क्षेत्रका सयौं घर परिवार डोकोमा बोकेर खोलाको पानी खान बाध्य हुनु परेको उनीहरुले बताएका छन् ।

भिडियो कथा हेर्नका लागि तलको लिंक थिच्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपाल आज ४१०७ संक्रमित थपिएः ३५ जनाकाे मृत्यु
Next post नेपालमा आज ३९३८ जना संक्रमित,२०१२ निकाेः ३७ काे मृत्यु