नेपालमा घटेन संक्रमणः आज ३७२९ संक्रमित

२२ श्रावण २०७८, काठमाडौं- पछिल्लाे समय बढ्दै गएकाे काेराना संक्रमण अझै घट्ने अवस्था देखिएकाे छैन । नेपालमा गत २४ घण्टामा ३ हजार ७ सय २९ कोरोना संक्रमित थपिएका छन् ।

२४ घण्टामा १५,६७५ जनामा गरिएको नमूना परीक्षणमा ३ हजार ७ स २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी २४ घण्टामा १ हजार ८ सय ८५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लाे २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ । यसैगरी आज प्रदेश नम्बर एकमा ८ सय ४७ जनामा संक्रमण देखा परेकाे सामाजिक विकास मन्त्रालयले जानकारी दिएकाे छ । पीसीआरमा ३६५ जना र एन्टिजेनमा ४८२ गरी ८४७ जनामा पाेजिटिभ देखा परेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३९३८ जना संक्रमित,२०१२ निकाेः ३७ काे मृत्यु
Next post जडिबुटी र फलफुलमा जोडः झापामा यो बर्ष एक लाख बढी विरुवा उत्पादन (भिडियो कथा सहित)