पूर्वी नेपालकै सवैभन्दा धेरै हाते नेपाली कागज झापामा उत्पादनः कोरोना कहरले कागज विक्रीमा समस्या (भिडियाे सहित)

कोरोना कहरले कागज विक्रीमा समस्या

२६ श्रावण २०७८/डिकेश लामा

कोरोना कहरकाबीच पनि ग्रामिण क्षेत्रमा संचालन हुँदै आएका नेपाली हाते कागज बनाउने कार्य भने खासै रोकिएको छैन । तर लामो निषेधाज्ञाले बजार नखुल्दा कागज विक्रीमा समस्या आएकाले उद्योग संचालनमा समस्या पर्न थालेको छ । नेपालको सवै भन्दा धेरै नेपाली हाते कागज उत्पादन हुने झापाका झण्डै ३ दर्जन उद्योगमा समस्या आउन थालेको छ । लामो समय बजार बन्द हुँदा बनाइएको कागज विक्री नभएकाले समस्या भएको शिवसताक्षी नगरपालिका वडा नं. १० मा घरेलु हाते कागज उद्योग संचालन गर्दै आउनु भएकी चन्द्रा शिवाकोटीले बताउनु भयो ।

गाउँघरमै बसेर महिलाहरुले नै बनाउन सक्ने भए पछि कोरोना कहरकाबीच पनि नेपाली हाते कागज उत्पादन कार्य भने खासै रोकिएको छैन । अन्यत्र काम धन्दा बन्द भएको वेला कागज उद्योगमा काम गर्दा घर व्यवहारमा भने सहज भएको उनीहरुले बताएका छन् । कामदार देखि कच्चा पदार्थ समेतलाई तत्काल नगद दिएर संचालन गर्नु पर्ने हाते उद्योगबाट उत्पादित कागजको विक्री गर्न नसक्दा उद्योग संचालनमा समस्या आउन थालेको छ । विश्व व्यापीरुपमा फैलिएको कोरोना कहरले बजार बन्द उद्योग संचालनमा समस्या आउन थालेको विर्तामोड नगरपालिका वडा नं. ७ मा हाते कागज उद्योग संचालन गर्दै आउनु भएका अविरल कृष्ण खरेलले बताउनु भयो ।

पूर्वी नेपालमा पाईने अरगेलीको लोक्ता तथा चुरे र पहाडी क्षेत्रमा पाइने बावियोबाट निर्माण गरिने हाते कागज नेपालमा सरकारी कार्यालय देखि विदेशसम्म माग हुने गरेको छ । तर लामो समयको बजार बन्दका कारण पछिल्लो समय भने कागज विक्री नहुँदा समस्या हुन थालेको उद्योगीहरुले बताएका छन् ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ह्वात्तै बढ्याे संक्रमण संख्याः एकै दिन ४९०१ संक्रमित
Next post अरिङ्गालको टोकाईबाट महिलाको मृत्यु